‘रियालिटी सो’ का नाममा ठगी आरोप, पुरस्कार माग्दा उल्टै आयोजकको धम्की !

नेपालगन्जकी पुनम राना मगर भी एन्ड भाइरस डान्स एकेडेमीले सञ्चालन गर्दै आएको डान्स नेपाल डान्स रियालिटी सो दोस्रो सिजनकी विजेता हुन् ।

आयोजकले देशमा विभिन्न क्षेत्रमा अडिसन आयोजना गरेकोमा मगर कोहलपुरबाट छानिएर आएकी थिईन्।

अन्तिम १० जना प्रतियोगीमा पर्न सफल भएकी उनले गत असरामा राष्ट्रिय नाचघरमा आयोजना गरिएको फाईनल छनौट प्रतिस्पर्धामा डान्स नेपाल डान्सको उपाधि हात पारेकी थिईन् ।

प्रतिस्पर्धामा सहभागी हुँदा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो ।

फाईनल प्रतिस्पर्धाबाट उपाधि हात पारेपछि दुई लाख ५० हजार लेखेल हस्तान्तरण गरेको थियो ।

उनलाई दिने भनिएको पुरस्कार आठ महिना वित्दा पनि आयोजनकले दिएन । उनले आफूले पाउनुपर्ने पुरस्कारबापतको रकमबारे आयोजकसँग कुरा गर्दै उल्टै धम्क्याउन थालियो । आजको नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

22433