किन अटाएनन् जनार्दन शर्मा?

रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए।

पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे। उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए। मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो। तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो। शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन्।

शिक्षा, युवा तथा खेलकुदमन्त्री गिरिराजमणि पोखरेललाई पाँचौँ अवसर मिलेको छ। पोखरेल यसअघि चारपटक मन्त्री बनिसकेका नेता हुन्। माओवादीबाट सत्तामा धेरै अवसर पाउने निकै कम नेतामा उनी पर्छन्। उनी ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार, ०६५ मा प्रचण्ड नेतृत्वको सरकार, ०७२ केपी ओली नेतृत्वको सरकार र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।

ऊर्जामन्त्री वर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत तेस्रोपटक सत्तामा उक्लिएका हुन्। ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका उनी ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए। बस्नेत भने ०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री र ०७२ मा केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए। आजको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22461