बोक्सी आरोपमा कुटिएकी राधा गाउंमा सम्मानित

बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ बर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने यहाँका गाउँलेले निर्दोष र निहत्था युवतीले क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुश गरेका छन्।

‘बोक्सी भनेर राधालाई ६ घन्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको भन्दै सबै गाउँलेले महसुस गरेका छन्’, नवगठित शोषणरहित महिला संजाल देउकलियाकी सचिब रेनुका बोहोराले भनिन्‘यो घटनापछि अहिले सबैलाई पछुतो भएको छ ।’

बोक्सी भनेर कुटपिट हुँदा हामीले नरोकेर गाउँकै बेइज्जत भयो भनेर आपसमा कुराकानी हुने गरेको बताइन्। अबदेखि गाउँमा बोक्सी आरोपमा यस्ता घटना हुन नदिने भनेर गाउँलेहरु सजग भएका छन् ।

पीडित राधालाई गाउँमा सम्मान

बोक्सी आरोपमा कुटपिट गरिएकी राधा चौधरीलाई शुक्रबार घोडाघोडी नगरपालिका–५ देउकलियामा सयौं गाउँलेका अगाडी सम्मान गरिएको खबर नागरिक दैनिकमा छ ।

स्थानीय राष्ट्रिय माबिमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनी यही विद्यालयमा अध्ययनरत छिन् ।

बोक्सी आरोपमा भोलेबाबा र उसका सहयोगीले कुटपिट गर्दा ताली बजाउने गाउँलेले बोक्सी कोही हुँदैन भन्दै पीडित भएकी राधालाई सम्मान गर्दा ताली बजाएर समर्थन जनाएका थिए ।

राधालाई बोल्न भनेपछि उनले गाउँलेका अगाडि केही बोल्न सकिनन् । सम्मान भए पनि उनी हतास मुद्रामा देखिएकी थिइन ।

उनले गाउँमा सहज वातावरण बनेमा गाउँ फर्केर पढ्ने बताएकी छिन् । बैशाखमा आइरहेको परीक्षा विग्रने उनको चिन्ता छ।





Comments

comments

Leave a Reply

22463