सम्भावना बोकेका युवा गायक प्रकाश !


सम्भावना बोकेका युवा गायक प्रकाश !

भूमिराज राई / एचकेनेपाल डट कम-

युबा पुस्तामाझ लोकप्रियता कमाई रहेका आर एन्ड बी गायक प्रकाश न्यौपाने नेपाली सँगीतमा सक्रिय हुँदै अगाडि बढिरहेका सम्भावना बोकेका गायक हुन्।

सिर्जनशील गायक आफैं संगीत सिर्जना र शब्द लेखनमा पनि उत्तिकै दक्खल राख्दछन्। आफ्ना कतिपय गीतहरुको शब्द / सँगीत गायक प्रकाश न्यौपानेकै रहने गरेको छ।

तीन वटा गीति एल्बमहरु ‘प्रकाश ट्युन्स’, ‘फ्युजन’, र ‘द राईज’ यस अगाडि नै बजारमा ल्याई सकेका गायकको नयाँ गीतहरु गायकले सार्बजनिक गरिरहेका छन्।

अधिकांश डिजिटल म्युजिक स्टोरहरुमा उनका गीत र एल्बमहरु उपलब्ध छन्।

जि युनिटी ब्याण्डसँग आबद्ध गायक प्रकाश अहिले भने ब्याण्डबाट अलग भएर आफैँ साँगीतिक यात्रामा अघि बढिरहेका छन।

बाँके कोहलपूरबाट राजधानी पसेका गायक प्रकाश न्यौपानेले छोटो समयमा नै महत्वपूर्ण साँगीतिक फड्को मारिसकेका छन्।

छिट्टै अर्को भिडियो सार्बजनिक गर्ने तयारीमा जुटिरहेका गायकले आफूलाई नेपाली आर एण्ड बि संगीतमा अब्बल गायकको रुपमा स्थापित गर्न नयाँ नयाँ गीत सिर्जनामा तल्लिन बनाई रहेका छन्।





Comments

comments

Leave a Reply

22511