गोली हानी दम्पती हत्या गर्ने योजनाकार पक्राउ

बुटवल — प्रहरीले दम्पती हत्याको योजनाकार मानिएका सैनामैनास्थित दुधराक्षका अर्जुन गौतमलाई पक्राउ गरेको छ । हत्यापछि भारतमा लुकेर बसेका गौतमलाई प्रहरीले ७ वर्षपछि शनिबार बेलहियाबाट पक्राउ गरेर सार्वजनिक गरेको छ ।

उनीमाथि ७ वर्षअघि जेसिस चोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक २४ वर्षीय रमेश भण्डारी र उनकी २८ वर्षीया पत्नी आशाको गोली हानी हत्या गरेको आरोप छ । हत्यालगत्तै पसलमा रहेको ५ लाख १८ हजार रकमसमेत लुटेर लगेका थिए । हत्यामा संलग्न मानिएका अर्जुनका दाजु कृष्ण भने फरार रहेको जिल्ला प्रहरीका एसपी श्याम ज्ञवालीले बताए। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

22556