नेपालीले भत्काइदिए भारतले बनाएको पुल

दार्चुला – भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन्।

गत फागुनमा भारतले नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो ।

प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् ।

भारतले सडक निर्माण समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ वटा पुर र हेभी इक्विपमेन्ट गुड्ने करिब डेढ सय मिटर ट्रयाक बनाएको थियो ।

उसले सोही क्षेत्रमा दुई किलोमिटर पैदल मार्गसमेत निर्माण गरेको थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।





Comments

comments

Leave a Reply

22592