नेपाली यात्रुको हर्कतले दिल्लीमा अकस्मिक अवतरण

काठमाडौं – नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो ।

चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिर्वतन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधि समस्या भएर होला ।

तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मारेङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको आजको नागरिक दैनिकमा समाचार छापिएको छ।

जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरुलाई दुर्व्यवहार गर्न सुरु गरे ।

सम्बद्ध स्रोतले भन्यो, नौ नम्बर सीटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याएदिने मात्र नभई सँगै आएको साथीलाई हातपात समेत गरे ।

त्यतिले नपुगेर जहाजकी एक एयर होस्टेजलाई घचेडेर झन्डै पछारिदिएका थिए ।

रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि हजाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्दले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए ।

त्यसपछि सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए।

चालक दलका एक सदस्यले आफ्नो नाम नबताउने सर्तमा भने, रतेलले यतिसम्म बबाल गरे कि, उनलाई काठमाडौंसम्म ल्याउन सक्ने अवस्थै रहेन ।

त्यही जहाजमा रहेका केही यात्रुका अनुसार, रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए । निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22611