गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?


गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?

ललितपुर – जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ ।

उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तसकरी गरिरहेको हो ।

उनीहरुले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ ।

नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने,

-वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र टोले गुन्डाहरुको प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन् ।

-तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहीरी मान्छेलाई यहाँ प्रवेश गर्न दिँदैनन् ।

वडाध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन् । उनले भने, खानीमा गृहमन्त्री रामबहदुर थापाका भाइ नरेश थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको लगानी छ ।

दुई बर्षअघिदेखि सञ्चालित उक्त बालुवाखानी कम्पनी रिजस्टारको काार्यालयमा पनि दर्ता छैन ।

खानी भएका जिल्लामा जिल्लाको खानी तथा उद्योग अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको सयोजकत्वमा समिति गठन हुने प्रावधान छ ।

तर, ललितपुरमा ६ बर्षअघि गठित समिति निष्क्रिय छ ।

वालुवा तस्करीमा अवरोध नहोस् भनेर बर्षमा एक दिन भोज खुवाउने गरेको स्थानीयको भनाइ छ ।

उक्त खानी सँगैको बाटोमा ओहोर-दोहोर गर्ने व्यक्तिलाई निगरानी गर्न खानीको मुख्य प्रवेशद्धारमा दुई तीन जना खटाइएका हुन्छन्। नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22620