निजी विद्यालयमा लुटः कक्षा १ मा भर्ना गर्न ८८ हजार !

काठमाडौं – नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् ।

शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन्।

स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ ।

यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल्क असुलिरहेका हुन् ।

अधिकांश नाम चलेका र ठूला भनिएका स्कुलले भर्ना शुल्क आधा लाख रुपैयाँको हाराहारीमा असुली रहेका छन् ।

काठमाडौ.मा रहेको पाठसाला स्कुलले कक्षा १ मा नयाँ भर्नाका लागि ८८ हजार रुपैयाँ शुल्क तोकेको छ ।

पाठशालाले कक्षा १ को शिक्षण शुल्क ९ हजार मासिक र मासिक शुल्क १३ हजार रुपैयाँ लिने निर्णय गरेको छ ।

काठमाडौं धापासीमा रहेको त्रियोग स्कुलले केजी तहमा भर्ना गर्दा एकमुष्ट ७१ हजार १ सय ७३ रुपैयाँ लिन्छ ।

सो तहमा शिक्षण शुल्क २ हजार ३ सय ६३ र मासिक शुल्क ९ हजार १ सय २० तोकिएको आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22624