Breaking News: हङकङमा बाबुको हत्याको अभियोगमा एक नेपाली पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –
९ अप्रिल। हङकङ प्रहरीले आफ्नो बुबाको हत्याको अभियोगमा ३२ वर्षीय मचिन्द्र मादेन लिम्बूलाई पक्राउ गरेको छ।

मृतक बाबुराम मादेन। तसौः विजय सुब्बा (फेसबूक)

प्रहरीका अनुसार ४९ वर्षीय बाबुराम मादेनमाथि आइतवार अपरान्ह मङ ककमा आक्रमण भएको थियो। टाउको र घाँटीमा धारिलो हतियारबाट गम्भीर घाइते भएका उनको सोमबार बिहान अस्पतालले मृत घोषित गरेको थियो।

प्रहरीले पैसाको विषयमा बाबुछोराबीच झगडा भएको हुन सक्ने अनुमान गरेको छ।

मचिन्द्रलाई याउ मा तेईबाट पक्राउ गरिएको जनाइएको छ। नेपाल झापा विर्तामोडका मादेन सपरिवार मङ ककमा बस्दै आएका थिए। तसौः एचके अनसीसी
https://www.facebook.com/our.hknepal/posts/10160214502860414





Comments

comments

Leave a Reply

22762