फेसबुक प्रेमीद्वारा बन्धक बनाई सामूहिक बलात्कार !

फेसबुक प्रेमीद्वारा बन्धक बनाई सामुहिक बलात्कार !

काठमाडौं । दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भईन्।

फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे। तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसपार्कमा तिवारीसाग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाईसकेकाले त्यहि राति उनीहरु भागेर सुर्खेत आईपुगे।

१० दिन सुर्खेत र नेपालगन्जका होटलमा बिताएपछि भारतको गुजरात पुगे । तिवारीले युवतीसँग चिनजान हुँदै आफू भारतीय प्रहरीको जागिरे रहेको बताउने गरेका थिए।

गुजरात पुग्दासम्म तिवारसंग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन । जब युती जुगारत पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । जुजरात पुर्याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो।

होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो, युवतीले भनिन्, चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे । युवतीका अनुसार दैनिक तीनदेखि छजनासम्म युवक आउँथे बलात्कार गरेर जान्थे, प्रतिकार गर्न खोज्दा धम्की दिन्थे । भाषा बुझिन्थ्यो । युवतीको चित्कार आउनेहरुले सुन्दैनन्थे। आजको नागरिक दैनिकमा यो खबर छ।





Comments

comments

Leave a Reply

22904