३३ किलो सुन प्रकरणमा पूर्वडीआईजी निरौला पक्राउ


३३ किलो सुन प्रकरणमा पूर्वडीआईजी निरौला पक्राउः दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पूर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ।

उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पूर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन्।

अनुसन्धान टोलीले छानविनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पूर्वडीआईजी निरौला सुन तस्करबीच पटकपटक सम्पर्कमा रहेको र विमानस्थलाट सुन पास गराउन भूमिका खेलेको निष्कर्ष निकालेको थियो ।

छानविन गर्ने क्रममा पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको समेत संलग्नता रहेको आशंका गरेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22945