साउदीमा मृत्युदण्ड सजाय पाएका नेपालीले पाए आममाफी

काठमाडौँ — साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित परिवारले बुधबार माफी दिएका छन् । पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा यादव जुवेल जेलमा बसिरहेका छन्।

पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पीडित पक्ष र उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायबीच सौहर्दापूर्ण छलफल भएपछि पीडित पक्ष उमेश यादवलाई माफी दिन तयार भएको हो। पीडित पक्षलाई पीडक पक्षले ब्लडमनि दिन तयार भएको छ। ब्लडमनिबापतको रकम खुलाइएको छैन।

११ वर्षअघि यादवलाई पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको आरोप लागेका थिए। ६ वर्षअघि नै स्थानीय अदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो।

मोहम्मदका दाजु सफिकले आफूहरुलाई ठूलो पीडा भए पनि माफी दिएको बताए। ‘हामीलाई ठूलो पीडा छ। हामीसँग राम्रो भएन। फेरि पनि अल्लाहलाई साक्षी राखी माफी दियौं,’ उनले भने।

दुई परिवारबीच मेलमिलापको लागि भूमिका खेलेका पाकिस्तानी वकिल मुहम्मद नुक्वासले पीडित पक्षले माफी दिएर पाकिस्तानीहरु ठूलो दिल भएको नागरिक भएको प्रमाणित गरेको बताए। ‘हामी पाकिस्तानी निकै ठूलो दिल भएको मानिस हौं। यसलाई पीडित पक्षले पुष्टि गरेको छ,’ उनले भने।

उमेशलाई क्षमा दिनको लागि काठमाडौंबाट फैसलवाद पुगेका सरोज रायले आफ्नो मिसन पूरा भएको भन्दै खुसी ब्यक्त गरे। ‘अन्तत : हामी उमेशलाई मृत्युदण्डबाट बचाउन सफल भयौं। पीडित परिवारले ब्लडमनि स्वीकार गरेका छन्। त्यसबारे पछि बताउनेछौं,’ उनले भने, ‘यहाँसम्म आउन साथ दिने सबै साथीभाइप्रति आभरी ब्यक्त गर्दछु।’

पीडित परिवारलाई भेटाउनका पाकिस्तानी नागरिक जनाव जैइब कलमटयी र फरान अदिललगायतले सहयोग गरेका थिए । जनकपुस्थित युवा संघका मोहम्मद रियाज साफीले समन्वय गरेका थिए । कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22983