कोरियामा एमाले नबौं महाधिवेशन प्रतिनिधि तथा सउल कमिटी गठन

रमेश खावाजु / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। दक्षिण कोरियामा नेकपा एमालेको प्रबास सङ्गठन ओएनएफले एमाले नवौं महाधिबिशन प्रतिनिधिको रुपमा सर्बसम्मतले कपिल न्यौपानेलाई चयन गरेको छ।

ओएनएफ कोरियाका अध्यक्ष गोबिन्द गाउँलेको अध्यक्षतामा बसेको केन्द्रिय कमिटिको बैठकले ओएनएफ सचिबालय सदस्य कपिल न्यौपानेलाई महाधिबेशनमा कोरियाको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको हो। आउदो असार १९ देखि २४ गतेसम्म काठमाडौमा शुरु हुने एमाले महाधिवेशनको लागि प्रवासमा रहेका एमाले संगठन कमिटीहरुले आफ्नो प्रतिनिधि चयन गरिसकेका छन्।

ओएनएफको सउल कमिटी गठन
ओएनएफले सउलमा क्षेत्रिय भेला आयोजना गरि आफ्नो सङगठन बिस्तार गरेको छ। सउल क्षेत्रीय भेलाबाट सर्बसम्मत रुपमा गिताराम सापकोटाको अध्यक्षतामा १३ सदस्यीय सउल कमिटी गठन गरिएको छ। सउल कमिटीका उपाध्यक्ष, सचिब, सह सचिब र कोषाध्यक्षमा क्रमश: भागिरथ अधिकारी , सुलभ पोख्रेल , धर्मराज घिमिरे र लाक्पा शेर्पा चुनिएका छन्। त्यसै गरि सदस्यहरुमा भने रुद्र खड्का, बिदुर आचार्य, केशब श्रेष्ठ, नरेश भट्टराई , सुसिल थापा, राजिब कार्की , सन्दिप पौडेल र रामजी थापा रहेका छ्न्। सोही दिन गोर्खाको बिरामी दिल बहादुर गुरुङलाइ २ लाख २० हजार वन ओएनएफले सहयोग गरेको अध्यक्ष गोबिन्द गाउँले बताए।

ओएनएफले गत जनवरीमा आफ्नो चौथो सम्मेलन सम्पन्न गरेको थियो। उसले आफ्नो सम्मेलन पश्चात गतिशिल सङ्गठनको बिस्तार र सबल नेतृत्व निर्माणको अभियान भन्ने नारासहित कोरियाका बिभिन्न ठाउमा सङ्गठन निर्माण कार्यलाई निरन्तरता दिएको छ।





Comments

comments

230