स्वतन्त्र हुन सम्बन्धविच्छेद गर्ने क्रम बढ्यो

फेसबुक म्यासेन्जरमा नयाँ म्यासेज आएको देख्नेबित्तिकै उनको मुख रातै भयो । स्कुलदेखि सँगै पढेको केटा साथीको म्यासेज पाउँदा उनी खुशी त भइन् तर पढेर तत्काल डिलिट गरिन् ।

‘श्रीमानले केटाहरुको म्यासेज आएको मन पराउनुहुन्न,’ उनले सुनाइन्, ‘यही निहुँमा हप्तौंसम्म झगडा चलिरहन्छ, त्यसैले म्यासेज हेर्नासाथ डिलिट गरिहाल्छु ।’

कोटेश्वर बस्ने उनी ५ वर्षदेखि श्रीमानको निगरानीमा छिन् । पहिले उनी यसलाई आफूप्रतिको माया र ‘केयर’ सम्झिन्थिन् । अहिले त्यही व्यवहारले दिक्क हुन थालेकी छन् ।

‘छिट्टै डिभोर्स गर्छुहोला,’ फाइनान्सकी जागिरे उनले भनिन्, ‘व्यक्तिगत हस्तक्षेपले मानसिक यातना हुँदोरहेछ ।’

स्वतन्त्र भएर बाँच्ने चाहनाको विकल्पका रुपमा पति–पत्नी दुवैले सम्बन्धबिच्छेद रोज्न थालेका छन् । यस्ता उदाहरण अचेल प्रशस्त भेटिन्छन्। कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23002