३३ केजी सुन प्रकरणः शव बरामद गर्ने डीएसपी केसी पक्राउ

विराटनगर – साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी प्रजित केसीसमेत पक्राउ परेका छन् ।

उनीमाथि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

प्रहरीका अनुसार उनको बयान चित्तबुझ्दो नभएपछि नियन्त्रणमा लिइएको हो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

यसअघि फागुन १८ मा केसी नेतृत्वको प्रहरी टोलीले विराटनगर पोखरीयामा गाडीको डिकीबाट शाक्यको शव बरामद गरेको थियो ।





Comments

comments

Leave a Reply

23036