२०६५ वैशाख ११ गते ललितपुरको दमकल चोक निवासी सानुलाल महर्जनको परिवार कम्ती खुसी भएको थिएन।

त्यस दिन जापान जान खोजेकी कान्छी छोरी सबिनाको ईच्छा पुरा भएको थियो।

भाषामा निखार ल्याउने र केही रकम कमाउने भन्दै सबिना २०६५ वैशाख ११ गते जापना उडेकी थिईन।

एक बर्षभन्दा बढी जाउलाखेलमा रहेको एक ईन्स्टिच्युटमा भाष सिेककी १९ बर्षीया सबनाले सुरुमा भिसा पाउने नपाउने निश्चित थिएन।

जापान भए भाग्य चम्किने भन्दै भिसा प्राप्तिका लागि उनले निकै दौडधुप गरेकी थिईन्।

सबिना जापान पुगेको १७ महिनासम्म सोचेअनुसारकै परिस्थिति रह्यो।

दुई बर्षपछि घर फर्कने भनिरहेकी सबिना जापानमा हराएको खबर एक्कासी पाएपछि निराश भएका परिवारमा १० बर्ष वितिसक्दा पनि खुसी फर्कन सकेको छैन।

छोरीको खोजीको लागि पटक पटक मन्त्रालयदेखि जापनास्थित नेपाली राजदुतावास र जापनको प्रहरीसमक्ष निवेदन दिईसकेको छु, सानुलालले भने, अहिलेसम्म छोरीको अवस्था के भन्नेबारे कुनै जानकारी पाउन सकिएको छैन । आजको नागरिक दैनिकमा खबर छ।



.















Comments

comments