जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी !

जनकपुर – भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए।

नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ।

मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए ।

पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।

दुई घण्टे मोदीको जनकपुर भ्रमण 
अगामी ११ मई विहान करिव ९ वजे भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । प्रम मोदीले हेलिकोप्टरबाटै जनकपुर आउन लागेको प्रदेश सरकारको भनाई छ । मोदीको जनकपुर भ्रमणको वेला तीन वटा हेलिकोप्टरसँगै आउने प्रदेश सरकारको जानकारी दिईएको छ ।

तीन वटा होलिकोप्टरलाई आवतरण गराउन फराकिलो जग्गाको आवश्यकता भएकोले अहिले सम्म स्थानीय रंगभुमि मैदानमै हेलिकोप्टर आवतरण गराउने गरि प्रदेश सरकारले तयारी गरेको छ । मोदी जनकपुरमा आवतवरण पश्चात जानकी मन्दिरमा पुजापाठ गर्ने बताईएको छ ।

मैदानबाट करिव ५ सय मिटरको दुरीमा रहेको जानकी मन्दिरमा पैदल वा गाडी जसरी गए पनि दुवै विकल्पमा प्रदेश सरकार तयारी गरिरहेको छ । त्यसका लागि जनकपुर उपमहागनरपालिकाले सो सडक खण्ड अर्थात रामानन्द चोकदेखि जानकी मन्दिरसम्म तत्काल कालोपत्रे गर्न लागेको खबर आजको नयाँ पत्रिकामा छ।

 

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23067