सिन्डिकेटविरुद्ध सरकार कठोर बन्दैः बैठकस्थलबाटै व्यवसायी पक्राउ

काठमाडौं – सिन्डिकेट जोगाउन आन्दोलनको योजना बनाइरहेका यातायात व्यवसायीलाई शनिबार साँझा प्रहरीले पक्राउ गरेको छ।

बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको बैठकबाटै प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको खबर नागरिक दैनिकले छापेको छ।

पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषध्यक्ष किरण खड्का र प्रदेश ३ का संयोजक धर्मराज रिमाल छन् ।

यातायात व्यवसायीलाई सिन्डिकेटको थप आन्दोलन चर्काउने विषयमा बैठक गर्दागर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23113