असिनापानीको बाढीले एकै परिवारका ४ सहित ५ को मृत्यु

असिनापानीसँगै फेरि आएको बाढीमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ।

चार दिनअघि बाढीले जिप बगाउँदा ३ जनाको ज्यान गएको थियो।

लगातार ४ घण्टा असिनापानीसँगै गुहे खोलामा शनिबार राति आएको बाढीले बगाउँदा थलारा गाउँपालिका ४ का २८ बर्षीय हर्क विक, उनकी श्रीमति २५ बर्षीया डल्लीदेवी विक, ६ बर्षकी छोरी मनीषा र ३ बर्षका छोरा समक्षको मृत्यु भएको हो।

उनीहरुसँगै हिँडिरहेकी सोही गाउँकी ३५ बर्षीया कलशा विकको पनि बगेर मृत्यु भएको खबर कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

23121