अर्थमन्त्री र गर्भनरबीच मनमुटाव: दोहोरो चेपुवामा गभर्नर

अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपालबीच सम्बन्ध राम्रो नभएको चर्चा चलेका बेला गत बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीले गर्भनगरको नाम उल्लेख नगरी घुमाउरो पारामा कारवाही गर्ने चेतावनी दिए।

राष्ट्रिय वाणिज्य बैंक तथा एनआईडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोवार थालनी कार्यक्रममा सहभागी अर्थमन्त्री खतिवडाले केन्द्रीय बैंक स्वायत्त भए पनि गलत गरे कारावाही गर्ने निकाय अर्थ मन्त्रालय भएको स्पष्ट पारे । यो घटनाले दुवैबीच सम्बन्ध राम्रो नभएको छर्लंग पारेको छ।

गर्भनर नेपालको अर्थमन्त्रीसँग मात्र होईन उनकै कार्यलयका कर्मचारीसँग पनि राम्रो सम्बन्ध छैन।

राष्ट्र बैंकका वामपन्थी निकट कर्मचारीले राजनीतिक आस्थाकै कारण उनलाई असहसयोग गर्दै आएका छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23125