अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र बोइङ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ।

दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले बेचिसकेको खबर नागरिक दैनिकमा छ।

निगम व्यवस्थापनले दोस्रो बोइङ बिक्री गर्ने उदेश्यका साथ जहाजको मूल्यांकनका लागि प्रस्ताव आह्वान गरेको छ।

२१ दिने म्याद दिइएको उक्त प्रसतावअनुसार जहाजको वर्तमान वास्तविक मूल्य, यसका जगेडा पुर्जा लगायत सबैको मूल्यांकन गर्न सम्बद्ध व्यवसायिक कम्पनी सहभागी हुन पाउनेछन् ।

निगमको ‘बि ७५७-२००’ सिरिजको यो जहाज अहिले पनि नियमित उडानमा छ । यसले दैनिक एक उडान गर्दै आएको छ।





Comments

comments

Leave a Reply

23164