क्यालेण्डरमा पूर्वेली सुन्दरीहरु

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान / सिल्भर इन्टरटेनमेन्टले बुधबार धरानको बराह किचेनमा आयोजित एक समारोहको आयोजना गरि चेसुंग वाइनको सहकार्यमा यो बर्षको क्यालेन्डर सार्वजनिक गरेको छ।

मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक एस्तर तामाङ , मिस धरान बिपना श्रेष्ठसंगै तीनजूरे वाइन इन्डस्ट्रिजका बोर्ड अफ डाईरेक्टर प्रकाश कुमार श्रेष्ठ , गजुरमुखी ट्रेड एंड सर्भिस लिंकका सीइओ गोपाल आचार्य ,बराह ग्रुपका प्रमुख प्रशाशकिय अधिकृत गंगा कालिकोटे , सिल्भर इन्टरटेनमेन्टका अध्यक्ष दिपक बनेपाली र प्रोमोटर राजेन्द्र गुरुङले संयुक्त रुपमा चेसुंग वाइन क्यालेन्डर २०७५ बि. स. लोकार्पण गरेका थिए।

हरेक बर्ष झैँ मिस पूर्वाञ्चल २०१७ का बिजेता –उपविजेताहरुको फोटो शुट गरि निकालिने आकर्षक क्यालेन्डरमा यसपाली मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बु , फर्स्ट रनर अप सिमरन श्रेष्ठ , सेकेन्ड रनर अप अनु ढुंगाना , मिस क्याटवाक एस्तर तामाङसाथै मिस धरान बिपना श्रेष्ठ , मिस दमक जोयना लिम्बुको आकर्षक फोटोहरु समावेश गरिएको छ।

मुन्धुम बुटिक एंड मेख्ली हाउसकी फेशन डिजाइनर मुनु मिभकको विभिन्न डिजाइनर पोशाकमा निसुन्ग्मा ब्युटी सोलुसनको मेकअप र
पुराना ग्ल्यामर फोटोग्राफर बिसप ताम्राकाको फोटोग्राफी क्यालेन्डरमा समावेश फोटोहरुमा रहेका छन्।

सन् २०१० देखि मिस पूर्वाञ्चलको आयोजना गरिरहेको सिल्भर इन्टरटेन्मेंटले बि .स. २०७० देखि बिभिन्न कम्पनिहरुसंगको सहकार्यमा हरेक बर्ष क्यालेन्डर प्रकाशन गरिरहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23174