ओलीले उपहार दिएको यो पोशाक मोदीले लगाएपछि…

काठमाडौं – जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियो कि आकस्मिकता?

शुक्रबार दिनभर ओलीको पोशाकको आलोचना भयो, तर कुरा बेग्लै थियो।

एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोशाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए।

भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो। नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

23202