स्पेशल बिद्यार्थीहरुसंगै स्पेशल अथितिहरु र्याम्पमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, सधै आकर्षक पहिरनमा सजिसजाउ हुदै सुन्दरीहरुको र्याम्प नपाई हेरेको धरानको सदन सभा भवनको स्टेजमा शनिबार भिन्न किसिमको सम्भवत नेपालमै पहिलो पटक मोंटेस्वरीमा अध्ययनरत सवल बिद्यार्थीहरुसंगै स्पेशल एजुकेशनमा अध्ययनरत स्पेशल विधार्थीहरु जस्तै डाउन सिन्ड्रोम , अटिजम विधार्थीहरु सम्मिलित “इन्क्लुसिभ फेशन सो“ सम्पन्न भएको छ।

एक मानसिक तथा शारीरिक लक्षणको समूह जसमा अतिरिक्त गुनसुत्र २१ को उपस्थितिले हुने एउटा आनुबंशिक बिकारलाई डाउन सिन्ड्रोम भनिन्छ। डाउन सिन्ड्रोमको कुनै उपचार भन्दा पनि उनीहरुलाई माया र सहाराको अत्यन्त जरुरी हुन्छ त्यस्तै आटीज्मले ग्रस्त बिरामीहरुको शारीरिक बिकाश भए पनि मानसिक बिकाश नभएर आफ्नै दुनियामा रमाउने ,बोल्न नसक्ने तथा आफूले आफैलाई हानी पुर्याउनेसम्म हुने भएकोले उनीहरुलाई उनीहरुको अध्ययनमा बिशेष सर्तकता अपनाउनुपर्ने हुन्छ।

स्पेसल एजुकेशनमा यस्तै स्पेसल बच्चाहरुलाई शिक्षा दिइने गरिन्छ।

यस्तै एक स्पेसल बच्चाको आमासमेत रहेकी फेशन डिजाइनर रेनुका शंकरले स्पेशल केटाकेटीहरुलाई सम्मिलित गराएर एउटा फेशन शो आयोजना गर्ने योजनालाई उनको यो कार्यमा मिस पूर्वाञ्चल २०१६ फर्स्ट रनर अप तथा रेडियोकर्मी इक्सा मादेन र स्पेसल एजुकेशनकि कोर्डिनेटर सर्जु देवानको पूर्ण सहयोग र साथले “इन्क्लुसिभ फेशन सो “शनिबार भब्य कार्यक्रमसहित सफलताका साथ सम्पन्न भएको छ।

“इन्क्लुसिभ फेशन सो “मा बिभिन्न चरण गरी चार राउण्ड र्याम्पमा स्पेसल एजुकेशनका २८ जना डाउन सिन्ड्रोम , अटिजम बिद्यार्थी तथा किडी वर्ल्ड ,सिटी ,मेरो ,किन्डर गार्डेन ,स्टेप बाइ स्टेप ,सनराइज ,धरान ,ब्लासुम ,ह्यापी चाइल्ड ,रोजबर्ड
लगायतको मोंटेस्वरीमा अध्ययनरत ३६ जना बिद्यार्थीहरु मध्ये कोही हास्दै , कोहि रुदै ,कोहि बिभीन्न पोज दिदै आफ्नो शिक्षिकाहरु तथा कोरियोग्राफरसंगै र्याम्पमा हिडदा आमा-बाबाहरु ताली ले आफ्ना छोराछोरीहरुलाई हौस्यादैफोटो खिच्दै गरेको दृस्य कम रमाइलो थिएन।

झन् प्रमुख अथिति धरान उप- महानगरपालिकाका शिक्षा बिभाग प्रमुख शंकर प्रसाद घिमिरे , बिशिष्ठ अथिति बरिष्ठ कबि तह ब्लास्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्की , बराह्का प्रमुख प्रशाशाकीय अधिकृत गंगा कालिकोटे , ड़ा. ज्योति अग्रवाल लगायतका अन्य अथितिहरु पनि बिद्यार्थीहरुलाई डोर्याउदै र्याम्पमा प्रस्तुत हुदा कार्यक्रम निकै रोमान्चक बनेको थियो । बिभिन्न डिजाइनका पहिरनहरु रेनुका कलेक्शन र द बेबी वेरको रहेको थियो भने निक हेयर स्टुडियोले सबैजनाको हेयर तथा मेकअप गरेका थिए।

त्यस्तै विभिन्न मोंटेस्वरी तथा स्पेशल एजुकेसनका बिधार्थीहरुली आफ्नो गायन , नृत्य लगायतका आफ्नो कलाहरु प्रदशन गरेर कार्यकर्ममा थप मनोरञ्जन थपेका थिए।

बालबालिकाहरुमा ज्ञान –बिज्ञानसंगै बिबिध मनोरञ्जन पनि चाहिने भएकोले यस्ता खाले कार्यक्रमको आयोजनाले उनीहरुमा थप आत्मविश्वास पलाउने झन् डाउन सिन्ड्रोम बिद्यार्थीहरुले आफ्नो प्रस्तुति देखाउनपाउनु उनीहरुको क्षमता बिकाशमा ठूलो प्रभाव पार्न सक्ने भएकोले यस प्रकृतिको कार्यक्रमहरु आयोजना भैरहनुपर्ने प्रमुख अथिति शंकर प्रसाद घिमिरेले बताउनु भयो।

रेनुका कलेक्सन र स्पेसल एजुकेशन सेन्टरको आयोजना तथा नेपाल मोंटेस्वरी असोसिएसनको सहभागिता, इक्सा मादेनको संयोजन तथा कोरियोग्राफिमा तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा “इन्क्लुसिभ फेशन सो “ सम्पन्न भएको थियो।

पहिलोपल्ट भएपनि अथितिहरु तथा अभिभावक ,शिक्षक , शिक्षिकाबाट सकारात्मक रेस्पोन्स पाएकोले आउदो दिनमा पनि स्पेशल बच्चाहरुकै लागि यस्ता कार्यकर्महरु आयोजना गर्ने आयोजक तथा फेशन डिजाइनर रेनुका शंकरले बताइन्।





Comments

comments

Leave a Reply

23224