साढे दुई करोड नक्कली नोटसहित ‘लुट’का निर्माता पक्राउ

चलचित्र ‘लुट’का निर्माता माधवराज वाग्ले साढे दुई करोड नक्कली नोटसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको विशेष टोलीले बुधबार काठमाडौंको नक्साल चारढुंगेस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको हो । वाग्लेसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन्।

चारढुंगेस्थित तेजेनजंग थापाको घरमा वाग्लेले सञ्चालन गरेको प्रिन्सेस मुभिज प्रालिको कार्यालयमा छापा मार्दा हजार दरका दुई करोड ५२ लाख रुपैयाँका नक्कली नोट फेला परेको थियो।

प्रहरीले वाग्लेसहित सुर्खेतका २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुलीका २४ वर्षीय सुजित तामाङ, सोही स्थानका १९ वर्षीय साजन तामाङ, धादिङका ३६ वर्षीय प्रकाश सुवेदी र भक्तपुरका विकेश नापित छन्।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बरामद नोट कारोबार भइरहेको अवस्थामा पक्राउ गरिएको बताए । उनले भने, ‘नक्कली नेपाली नोटसहित ६ अभियुक्त पक्राउ परेका छन् । उनीहरूबाट साढे दुई करोड रुपैयाँभन्दा धेरै रकम बरामद भएको छ । उनीहरूविरुद्ध पाँच दिनको म्याद थप भएको छ । अनुसन्धान जारी छ ।’ नयाँपत्रिकामा खबर छ।

फोटोः @GokulBaniya

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23270