एकै दिन थप ६८ आरोही सगरमाथा शिखरमा

काठमाडौं – अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्।

आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये शुक्रबार बिहान ५ बजेदेखि ११ बजेभित्र ती आरोही शिखर पुगेका हुन्।

‘विभिन्न आरोहण दलमा आबद्ध ३७ नेपाली र ३१ विदेशी आरोहीले शुक्रबार साधारण रुट (दक्षिण–पूर्वी मोहोडा) बाट सगरमाथाको सफल आरोहण गरेका छन्,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार नागरिकसँग टेलिफोनमा भने, ‘उनीहरू कुन देश, कन समयमा शिखर पुगेको देखि कुन दलमा आबद्ध थिए भन्ने जस्ता विस्तृत विवरण आउन बाँकी छ।’

श्रेष्ठका अनुसार यसपालि वसन्त ऋतुमा आरोहण सुरु भएयता हालसम्म स्वदेश तथा विदशेका २ सयभन्दा बढी आरोही शिखर पुगिसकेका छन् भने १ सय ५० जति असफल भएर फर्किसकेका छन्। सगरमाथाको मौसम विस्तारै अनुकूल हुँदै गएपछि आधारशिविरदेखि विभिन्न क्याम्पमा रहेका अझै सयौं आरोही शिखरतर्फ जाने तयारीमा छन्। नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23295