प्रधानमन्त्रीमा ओली ५ बर्ष निरन्तर रहलान् ?

काठमाडौं – आशंकै आशंकाबीच एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको छ । यो एकीककरण प्रक्रियामा सुरुदेखि नै सक्रिय भूमिका खेल्ने एक व्यक्ति थिए, विष्णु पौडेल।

ओली दाहाल दुवैसँग उत्तिकै समदूरी बनाएर उनले दुवै नेताको मन मात्र जितेनन्, शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिवको पदसमेत हात पारे । यसै सन्दर्भमा पौडेलसँग पार्टी एकता प्रक्रिया र भावी नेतृत्वका विषयमा गरिएको कुराकानीको अंश कान्तिपुरमा प्रकाशित भएको छ।

स्पष्ट भनिदिनुहोस्, अहिलेकै प्रधानमन्त्री ५ बर्षसम्म निरन्तर रहनुहुन्छ की हुँदैन ?
यो प्रश्न गर्ने आधार र परिस्थिति नै छैन । यो सरकारलाई नेपाल कम्युनिष्ट पार्टीबाहेक संघीय समाजवादी फोरम र राजपालगायतको समर्थन छ । तर नेकपा स्वयंसँग करिब दुई तिहाइ मत छ । विशेष गरी त्रिशंकू संसदका कारण यसअघि मुलुकले जुन प्रकारको राजनीतिक अस्थिरता र अनिश्चयबाट गुज्रनुपर्यो, त्यो स्थितिको पुनरावृत्ति हुँदैन । किनभने दुई तिहाइ मत छ र अरु दलको समर्थन पनि छ।

त्यसैले अब पनि अस्थिरता होला कि भन्ने चिन्ता गर्नु पर्दैन । अब मुलुक राजनीतिक अवस्थाबाट गुज्रनुपर्नेछैन । नेकपाले नेतृत्व गर्छ । नेकपाको नाताले केपी ओलीले नेतृत्व गरिरहनुभएको छ । प्रधानमन्त्रीको प्रश्नमा अस्थिरता गाँसिएको हो भने, अब अस्थिरता हुँदैन।





Comments

comments

Leave a Reply

23303