लभ गर्दा रुखमा बाँधेर किला ठोकियो

काठमाडौं, ३ कात्तिक। सप्तरीको देउरीभरु वा गाविसका वीरेन्द्र यादवसहित उनका परिवारका सदस्यहरूले एक युवकलाई रूखमा हातखुट्टा बाँधी खुट्टामा किला ठोकेर यातना दिएका छन्।

छोरीसँग प्रेम गरेको रिसमा आरोपितहरूले फर्सेठ गाविस ९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवको कपाल चारपाटे मुड्नुका साथै डोरीले रूखमा बाँधी खुट्टामा किला ठोकेर र आँखामा सिरिञ्जले रोपी शनिबार यातना दिएको पीडितका बुबा छोटेलाल यादवले बताए।

बेहोस अवस्थामा राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना भएका पीडितको उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगर लगिएको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छापिएको छ। घटना सम्झनेबित्तिकै घाइते एकोहोरो हुने र बेहोस हुने गरेको पीडित परिवारका सदस्यले बताएका छन्।

पीडितका आमा फुदीदेवीका अनुसार आरोपितहरूले फोन गरी घरमा बोलाएर सुपारीको रूखमा बाँधेर निर्ममतापूर्वक कुटपिट गर्दै दायाँ खुट्टामा किला ठोक्नुका साथै टाउको र शरीरका अन्य भागमा लाठीले कुटपिट गरेका थिए। उनको देब्रे आँखामा सिरिञ्जले समेत रोपेको उनले बताइन्।





Comments

comments

2332