नेकपाको सम्पत्ति: एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा

नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ।

एमालेको दैनिक आम्दानी करिव चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन।

माओवादी उल्टै १४ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ।

दुई पार्टीबीच एकीकरण भएपछि आम्दानी र ऋणको हिसावकिताव संकलन गर्ने क्रममा यस्तो तथ्यांक भेटिएको खबर नागरिक दैनिकमा छ।

एकीकरणअघिको अन्तिम संयुक्त बैठकमा दुई पार्टीबीच दुवै पार्टीका सम्पत्ति र जयजेथा नेपाल कम्युनिष्ट पार्टीको हुने सहमति भएको थियो।





Comments

comments

Leave a Reply

23320