बालकृष्ण ढुंगेललाई माफी दिने तयारी

सरकारले कर्तव्य ज्यान मुद्धामा जेलसजाय भोरिहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेशविपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ।

डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको खबर नागरिक दैनिकमा छ।

उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय काठमाडौंमार्फत सिफारिस मागेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीलगायत केही कैदीहरुको कैद मिनाहको सिफारिससहित कारागार व्यवस्थापन विभागलाई पठाईएको छ भने विभागले एकदुई निदभित्रै मन्त्रालयमा सो सिफारिस पठाउने तयारी गरेको छ।





Comments

comments

Leave a Reply

23322