कसले चकनाचुर बनायो जनार्दनको सपना?

एमाले र माओवादी केन्द्रबीच एकताको सूत्रधारकारुपमा चर्चा पाएका पूर्वमाओवादी नेता जनार्दन शर्माको सपना चकनाचुर भएको छ।

हुन पनि एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्न सानोतिनो प्रयास गरेका थिएनन्।

शर्मासहितको टोली एकताको वातावरण बनाउँदै जाने उता एकता विरोधी समूह विगार्दै जाने अवस्था थियो । जोखिमपूर्ण यात्रा गरेर एकीकरणको पाटो सल्टाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माको सपना एकीकृत पार्टी नेकपाको सचिव बन्ने थियो।

स्रोत भन्छ, उनलाई अध्यक्ष प्रचण्ड र केपी ओलीले ग्रिन सिग्नल समेत दिएका थिए । साथ दियो पूर्वएमाले नेता विष्णु पौडेलको । तर, सबैलाई टप्दै एमाले उपमहासचिव पौडेल नेकपाको शक्तिशाली पदमा महासचिव बन्न सफल भए।

तर, शर्मा हाइकमाण्डको सदस्य हुन सकेनन् । अहिले स्थायी समितिमा मात्र पर्ने देखिएको छ।

स्रोतका अनुसार, शर्मालाई रोक्न पूर्वमाओवादीभित्र प्रशस्त कसरत भएको थियो । पूर्वमाओवादी कन्द्रभित्रकै केही नेताहरू जसरी पनि शर्मालाई अगाडि जान दिने पक्षमा छैनन् । साँघु साप्ताहिकले खबर छ।





Comments

comments

Leave a Reply

23324