४ बालिकाको डुबेर मृत्यु, सिङ्गो गाउँ शोकमग्न !

लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँको दिनचर्या सोमबार पनि अन्य दिनझै सामान्य थियो। लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पर्ने यस गाउँको मुस्लिम समुदाय रीतिरिवाजअनुसार मुस्लिम पर्व रमजान मनाईरहेको थियो।

मध्यान्हतिर एकाएक गाउँको माहोल बदलियो । पुरै गाउं शोकमा डुब्यो ।

साढे ११ बजे नजिकैको नौखनिया भनिने पोखरीमा नुहाउने क्रममा डुबेका चार बालिकाको मृत्यु भएको खबर कान्तिपुरमा छ।

उनीहरु चारै मुस्लिम समुदायका हुने भने दुई जना एकै परिवारका। मृत्यु हुनेमा स्थानीय सरोबेद्धिन मुसलमानकी छोरी १४ बर्षीया साहबिया खातुन, सौकत अली मुसलमानकी छोरी १० बर्षीया सहमा खातनु, मोहम्मद सरिफ गद्धीकी छोरी १० बर्षिया अविदा खातनु रकम हुसैन गद्धीकी छोरी ९ बर्षीया मुमिना खातुन छन्।





Comments

comments

Leave a Reply

23328