कलंकी-महाराजगन्ज सडक पनि चीनले विस्तार गर्दै

काठमाडौं – चीन सरकारले चक्रपथको कलंकी-महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ।

अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड (१० किमि) विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ।

सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१/३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको खबर आजको कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

23350