मिस नेपाल चेपाङ बस्तीमा पुगेपछि..

हेटौंडा – मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन्।

यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन्। उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी गरिन्।

३२ बर्षीया एक चेपाङ महिलाका ९ छोराछोरी रहेको सुन्दा उनले अचम्म मानिन्।

मिस नेपाललाई भेट्न आएका अिधिकांश चेपाङ युवतीको विवाह भइसकेको थियो।

गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका अधिकांश महिलाहरु असुरक्षित ढंगले घरमै सुत्केरी हुने गरेका छन्। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23356