राष्ट्रपतिलाई संसदमै सांसदले ‘महारानी’ भनेपछि …

काठमाडौं, १२ जेठ । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा चलेको छलफलमा सांसदहरूको उपस्थिति न्यून रहेको बारे नयाँ पत्रिकाले शुक्रबार ‘गम्भीर बहस : रित्तो संसद्’ शीर्षकमा मुख्य समाचार छाप्यो।

सो समाचार प्रकाशित भएको जानकारी गराउँदै सभामुख कृष्णबहादुर महराले शुक्रबारको संसद् बैठकमा सांसदहरूलाई सचेत गराएका छन्।

उनले भने, ‘माननीयज्यूहरू बैठकमा माननीयहरूको न्यून उपस्थितिबारे केही पत्रपत्रिकामा समाचार प्रकाशित भएको छ । म यहाँहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ संसद् बैठकमा अधिकांश सांसद पुगेर हाजिरी गर्ने र फर्किहाल्ने प्रवृत्ति बढेपछि संसद् बैठकका अधिकांश कुर्सी प्रायः खाली हुने गरेका छन्।

केही सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले महारानी बनाउन लागेको भन्ने अभिव्यक्ति दिएपछि सभामुखले त्यो शब्द हटाउन समेत निर्देशन दिएका छन् । सरकारको प्रतिनिधि समयमै उपस्थित नहुँदा संसद् बैठक समयमा प्रारम्भ हुन नसकिरहेको तर्फ समेत सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन्। नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23373