सगरमाथामा शेर्पाको मृत्यु ‘रहस्यमय’ !

काठमाडौँ, १५ जेठ । ३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण ११ जेठमा आएर टुंगिएको छ।

यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ । चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ।

कान्तिपुर दैनिकका अनुसार त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ।

बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाको मृत्युलाई लिएर शंका प्रकट गरेको खबर कान्तिपुरमा छ।

पर्वतारोही तथा सगरमाथा आरोहणमाथि ब्लग लेख्दै आएका अमेरिकी नागरिक एलेन आरनेटले शेर्पाको मृत्युलाई रहस्यमय बताएपछि पत्रिकाले थप अनुसन्धान गरेको हो।





Comments

comments

Leave a Reply

23393