गृहमा पुग्यो काम नगर्ने ठेकेदारको नाम

काठमाडौं – ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ।

अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको खबर नागरिक दैनिकमा छ।

गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको हो।

धनुषा, कालिकोट, जाजरकोट, डोल्पा, हुम्लासहित सात जिल्लाबाट भने मन्त्रालयमा नाम आउन बाँकी छ।

काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी ठेकेदार र कम्पनीहरुको नाम संकलन भएको छ।





Comments

comments

Leave a Reply

23413