बन्दरगाहमा १७५० भन्दा बढी कन्टेनर थन्किए

पर्सा, १८ तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने समस्या बढदो छ ।

तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगन्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगन्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खाली तथा मालवाहक कन्टेनर यसरी वीरगन्ज र कोलकातामा ठूलो परिमाणमा थन्किएका हुन्।

सोमबार वीरगन्ज आउने ९ सय ७० मालवाहक कन्टेनर कोलकाता बन्दरगाहमा अडकिएर बसेका छन् । यसबाहेक कोलकाताकै माजरहार्ट टर्मिनलमा पनि ६० मालवाहक कन्टेनर रहेका छन्।

सोमबार वीरगन्ज सुक्खा बन्दरगाहमा ५ सय ५४ मालवाहक र २ सय ४ खाली कन्टेनर थन्किएका छन् । हाल बन्दरगाहको यार्ड मालवाहक र खाली कन्टेनरले भरिएका छन् । यसबाहेक कोलकाता तथा विशाखापट्टनम बन्दरगाहबाट वीरगन्जका लागि हिँडेका ११ कन्टेनरवाहक रेलवे र्‍याक बाटोमै रहेका छन् । थप २ वटा बोरा बन्द कार्गो बोकेका बीसीएन र ४ वटा फलाम बोकेका बीआरएन र्‍याक पनि बाटोमै छन् । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23428