भिसा तस्करीको अभियोगमा कतारमा नेपालीलाई जेल सजाय

काठमाडौं, १९ जेठ । भिसा तस्करीको अभियोगमा कतारको अदालतले एक नेपालीलाई एक बर्ष जेल र २० हजार रियल (६ लाख रुपैयाँ) जरिवाना सुनाएको छ।

अदालतले तवरेज आलमलाई आउँदो फेब्रुअरी १४ सम्मको जेल सजाय सुनाएको नेपाली दूतावासले जनाएको छ।

कतार सरकारले कामदारसँग भिसा शुल्क लिनु र कामदारलाई झुक्याएर ल्याउनु गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ।

पछिल्लो समय दलालले कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर आजाद भिसाको नाममा कामदारमाथि चरम शोषण गरिरहेका छन् । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23443