घोषणासभाबाट कंडेलका प्रतिबद्धता साजर्वजनिक, योगेनपक्षकै पदाधिकारी कंडेलको समर्थनमा

अच्युत कोइराला / एचकेनेपाल डट कम –
लण्डन, १९ अक्टोबर। गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष महेन्द्र कंडेलले एक वर्षे कार्यकालका लागि आफना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन।

कंडेलले कार्यकारी नेतृत्व लिएको तीन साता नबित्दै शनीबार लण्डनको विलविचमा आयोजित घोषणासभामा आफनो नेतृत्वमा एनआरएन युकेलाई पारदर्शी, सबैको साझा र विशुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउने प्रण गरे । बेलायतको एनआरएन अभियानका अगुवा, कार्यसमितिका अधिकांश पदाधिकारी एवम विभिन्न पेशागत तथा सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थितिका माझ कंडेलले घोषणसभा गरेका हुन।

योगेनका अधिकाशं पदाधिकारी कंडेलको समर्थनमा
विगतमा योगेन क्षेत्रीको पक्षबाट कार्यसमितिमा चयन भएका अधिकांश पदाधिकारी र आईसीसीका सदस्यहरु समेत सेप्टेम्बर २९ को सहमतिको पक्षमा भन्दै कंडेललाई समर्थन जनाउन घोषणासभामा आएका थिए । क्षेत्री पक्षबाट चयन भएका आईसीसी सदस्यहरु विजन भट्ट र सुस्मा राईका साथै उपाध्यक्ष शान्ति थापा, कोषाध्यक्ष डांसु पाण्डे तथा सदस्यहरु फडिन्द्र भट्टराई, अर्जुन कटुवाल, दिपक श्रेष्ठ, राम गलामी, विरेन खड्का लगायत कंडेलको समर्थनमा कार्यक्रममा सहभागी भएका हुन । एक वर्षअघि क्षेत्री पक्षबाट आईसीसी तथा कार्यसमितिमा चयन भएको भएपनि क्षेत्रीले गत वर्षको एकता सम्झौतालाई कुल्चिएर अघि बढेको भन्दै उनीहरुले सहमतिको मर्मअनुसार आफुहरुले कंडेलको नेतृत्व स्वीकार गरेको बताएका थिए ।
त्यसअघि एकता सम्झौताका मुख्य सुत्रधार तथा एनआरएन युकेका प्रमुख संरक्षक सुर्य सुवेदीले भने महत्वपुर्ण व्यक्तिगत काम परेको कारण सभामा उपस्थित हुन नसकेको भन्दै कंडेललाई शुभकाना सन्देश पठाएका थिए । कार्यक्रममै पढेर सुनाइएको इमेल सन्देशमा सुवेदीले कार्यकारी अध्यक्षको हैसियतमा कंडेलले आयोजना गरेका सभामा सहभागी हुन नपाएकोमा आफू दुःखी भएको बताएका थिए । त्यस्तै एनआरएन युकेका संरक्षक तथा संस्थापक अध्यक्ष महन्थ श्रेष्ठले पनि कंडेललाई एक शुभकाना सन्देश पठाएका थिए । अस्वस्थताका कारण श्रेष्ठ सभामा सहभागी हुन सकेका थिएनन। यसअघि एनआरएन आईसीसीका निवर्तमान अध्यक्ष जिबा लामिछाने र संस्थापक अध्यक्ष उपेन्द्र महतोले भने गत सेप्टेम्बर २९ मा कंडेलले कार्यकारी नेतृत्व सुरु गर्ने बेलामा नै इमेलमा शुभकामना शन्देश पठाएर कंडेल नेतृत्वको कार्यसमितिलाई शुभकामना दिएका थिए।

योगेनलाई बाटो नबिराउन सुझाव
शनिबारको घोषणभासभामा बुद्धिजीबी डा राघव धिताल, नागरिक समाजका डा चन्द्र लक्सम्बा, एमाले बेलायतका अध्यक्ष रामशरण सिंखडा, बेलायत कांग्रेसका चेतनाथ खनाल, नेकपा माओवादी (वैद्य) का पूर्ण लक्सम, संघीय समाज युकेका धर्मबहादुर तामांग र एनआरएन युकेका पूर्व महासचिव कर्ण शाहीले कंडेललाई सफल कार्यकालको शुभकाना दिएका थिए । त्यस्तै नेपलिज फोरम ग्रिनविचका डा राम अधिकारी, पशुपतिनाथ मन्दिर लण्डनका होम शर्मा, गुल्मी समाज युकेका अर्जुन गौतम, चाल्टर्न समाजका रोमनाथ पाण्डे, गेसोको महासचिव महेन्द्रलाल राई, गेसोको यसके ईन्चार्ज देवीमाया पुन, भूतपूर्व गोर्खाका तर्फबाट भोजबहादुर गुरुंग, नेविसंघका उमेश भण्डारी तथा हाईली स्किल्ड अशोसिएसनका नारायण भट्टराई लगायतले पनि कंडेलको कार्यकाल सफल रहोस भन्ने शुभेच्छा व्यक्त गरे । त्यसक्रममा एनबिए युकेका नरेन्द्र कंडेल, नेपालीपत्र साप्ताहिकका राजन कंडेल, समाजसेवी ललित न्यौपाने, थकाली समाजका ज्ञान शेरचन, शेर्पा संघका आंगकलजंग लामा, मधेश समाजका भाग्य नारायण शाह, जनसम्पर्क समितिका संस्थापक अध्यक्ष डा पुरुषोत्तम पौडेल, पत्रकारहरु बाचस्पति रेग्मी, शिब भण्डारी, साहित्य विकास परिषदका शुरेसजंग शाह, पासा पुचका कुमार श्रेष्ठ, जि गेसोका बुद्धिराम थापा, सोलिसिटर दिपक भट्टराईका साथै क्याट युकेका तर्फबाट जिवन सेन, राजन खरेल, केदार थपलिया लगायतले कंडेल नेतृत्वको कार्यसमितिलाई शुभकाना दिए।

शुभकामना व्यक्त गर्ने क्रममा एनआरएनका अभियन्ता तथा समाजका अगुवाहरुले गत वर्षको सम्झौताविपरित योगेन क्षेत्रीले नेतृत्व हस्तान्तरण गर्न आनाकानी गर्नु दुर्भाग्यपूर्ण भएको धारणा व्यक्त गरे। उनीहरुले संस्थाको हितका लागि सहमति नै एकमात्र विकल्प रहेको भन्दैे क्षेत्रीलाई आफैले हस्ताक्षर गरेको सहमतिको पक्षमा जिम्मेवार भएर प्रस्तुत हुन सुझाए । विगतमा सहमतिको मर्मअनुसार कंडेलले सहअध्यक्षको रुपमा क्षेत्रीलाई सघाएको स्मरण गराउंदै उनीहरुले अब कंडेल नेतृत्वको समितिलाई सघाउन क्षेत्रीलाई आग्रह गरेका थिए।

यस्ता छन कंडेलका प्रतिबद्धता
घोषणासभामा आउंदो एक वर्षका लागि आफना कार्यक्रम सार्वजनिक गर्दै कंडेलले बेलायतबासी नेपालीहरुले चाहेजस्तै एनआरएन बनाउनु नै आफनो मुल प्राथमिकता रहने प्रस्टाए । आम सर्वसाधारणले गर्ने गरेका गुनासो र विगतका कार्यसमितले पुरा गर्न नसकेका जिम्मेवारीहरुबाटै आफुले काम अघि बढाउने उनको उदघोष थियो । सोहीअनुसार सैप्टेमबर २९ को एकता सम्झौतामै गठन गर्ने सहमति गरिएका विभिन्न समितिलार्ई अध्यक्ष कंडेलले तत्काल पत्राचार गरी सक्रिय बनाउने भएका छन । समझौतामा सुर्य गुरुंगको संयोजकत्वमा आर्थिक समिति, डा हेमराज शर्माको संयोजकत्वमा विधान शंसोधन समिति र आंगकलजंग लामाको संयोजकत्वमा काउन्सील अवधारणा निर्माण समिति गठन गर्ने सहमति भएको थियो। तीनै समितिलाई सक्रिय बनाएर तीन महिनाभित्र प्रतिवेदन पेश गर्न लगाइने कंडेलको भनाइ छ।

विगतमा एनआरएन युकेकोे हिसाबकिताब पारदर्शी नभएको भनेर गुनासो हुने गरेकोमा उनले यस विषयमा छानबिन गरी अडिट गराएर पारदर्शी रुपमा अर्थिक प्रतिवेदन सार्वजनिक गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बेलायतमा एनआरएन स्थापना भएको एक दशक हुन लाग्दा पनि एनआरएनको कार्यालय बन्न नसक्दा जनताका समस्या बुझन अफठेरो भएको भन्दै कंडेलले साउथ इष्ट लण्डनमा एनआरएन कार्यालय स्थापना गर्ने घोषणा गरेका छन । साताका केहि दिन निश्चित समय खुला रहने कार्यालयबाट सर्वसाधारणका समस्या बुझन र सुझाव संकलन गर्न सजिलो हुने उनको अपेक्षा छ।

बेलायतको नेपाली समुदायभित्रका भूपू गोर्खा, ज्येष्ठ नागरिक, विद्यार्थी, लागुपदार्थ दुव्र्यसनमा लागेका युवा लगायतका समस्याका साथै दोहोरो नागरिकता निरन्तरता, लगानी अभिबृद्धि, लगायतका विषयमा हरेक महिना विभिन्न कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता कंडेलले गरेका छन्। त्यस्तै इमिग्रेसन लगायतका विधामा समुदायका सदस्यहरुलाई आवश्यक पर्ने परामर्शका लागि पनि सघाउने उनको कार्यक्रम छ।

त्यस्तै एनआरएनका प्रतिनिधी नभएका बेलायतका विभिन्न क्षेत्रमा क्षेत्रीय संयोजकको व्यवस्था गरेर त्यस क्षेत्रका नेपालीसम्म पुग्ने कंडेलको योजना छ।
यसैगरी हरेक महिनाको पहिलो अथवा अन्तीम आईतबारमध्ये एक दिन कार्यसमितिको बैठक बस्ने व्यवस्था पनि कंडेलले सुरु गर्ने भएका छन ।
त्यस्तै नेपालमा एनआरएन आईसीसीले सञ्चालन गरेका विभिन्न प्रोजेक्टका साथै एनआरएन युकेको गलेश्वर बृद्धाश्रमसमबन्धी प्रोजेक्टको निरन्तरा पनि कंडेलले आफनो कार्यक्रममा समावेश गरेका छन।

बेलायतबाट मास्टर्स तथा पिएचडी पुरा गर्ने नेपालीहरुलाई एकत्रित गरी उनीहरुको ज्ञान र सीपको नेपालमा सदुपयोग गर्न सकियोस भन्ने हेतुले छिट्टै एक संयन्त्र निर्माण गर्ने योजना पनि कंडेलले सुनाए।

सामुहिक लगानीसम्बन्धी एनआरएनको पुरानो अभियानलाई महत्वका साथ अघि बढाउने भन्दै कंडेलले नेपालमा मात्र नभएर बेलायत भित्रै पनि सामुहिक लगानीको अभ्यास गर्ने बताए।


यो पनि पढ्नुहोस्
गैरआवासीय नेपाली संघ बेलायतमा फेरी किचलो





Comments

comments

2347