३३ किलो सुनकाण्डमा भण्डारीले यसरी फसाए खरेल र मल्ललाई

काठमाडौं, २४ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलको बचाउ गर्न खोज्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजीद्वय रमेश खरेल र हेमन्तमल्ल ठकुरी संकटमा परेका छन्।

अभियुक्तहरु पूर्पक्षका लागि थुनामा रहेको र अदातलतमा विचाराधिन मुद्दामा जथाभावी बोलेपछि उनीहरुमाथि गृह मन्त्रालयले समेत ‘एक्सन’ लिने अवस्था सिर्जना भएको छ । गृहमन्त्रालयले विज्ञप्ति निकालेर विचाराधिन मुद्दामा नबोल्न सचेत गराएपछि भण्डारी, खरेल र मल्लले त्यसको जवाफ भने दिन सकेका छैनन् ।

प्रहरीमा रहँदा निकै घमण्डी स्वभावका भण्डारीले हुण्डी कारोबारी र भिओआईपी मार्फत कल वाइपास गर्ने गिरोहसँग साँठगाँठ गरी अवैध सम्पत्ति आर्जन गरेको विषयमा अख्तियारमा मुद्दा परेको थियो । पछि अख्तियारका तत्कालिन प्रमुख आयुक्त दिप बस्नेतसँग सेटिङ मिलाई मुद्दालाई तामेलीमा राख्न भण्डारी सफल भएका थिए ।

स्रोतका अनुसार सुन काण्डका मुख्य मालिक मोहन अग्रवाल धरानियाँ पक्राउ परेको खण्डमा भण्डारी समेत तानिने भएपछि उनले यो मुद्दालाई कमजोर बनाउन खरेल र मल्ललाई प्रयोग गरेका हुन् । भण्डारीमाथि विशेष टोलीको एसपी हुँदा हुण्डी, डलर र सुन तस्करीमा संलग्न अग्रवालबाट ठूलो रकम खाएको आरोप लागेको थियो ।

अग्रवाल हुण्डी, डलर र सुनका ठूला कारोबारी हुन् । भण्डारीमाथि भारतीय गुप्तचर संस्था ‘रअ’ सँग मिलेर यूनिस अन्सारीमाथि हत्या गर्ने योजना बनाएको आरोप पनि लागेको थियो । जुन कुरा यूनिसका बाबु सलिममियाले पत्रकार सम्मेलन नै गरी भण्डारीमाथि छानविनको माग गरेका थिए ।

भण्डारीले सिआईवीमा प्रमुख छँदा इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंकका सञ्चालक विजय जलान र दिलिप अग्रवालको समूहसँग पैसाको डिल नमिलेपछि सम्पत्ति सुद्दिकरण मुद्दामा छानविन गरी उनीहरुलाई दुःख दिएका थिए । पछि उनीहरुले सफाई पाएका थिए ।

त्यस्तै खरेल पर्साको प्रहरी प्रमुख छँदा लोहनी उनका ट्वाईसी थिए । खरेलले चोरी गाडिको सुराकीमा आफ्नी श्रीमती रन्जु खरेल र लाहेनीको नाम राखेर भन्सारबाट सुराकी भत्ता लिएका थिए । खरेलले प्रहरीको बचाउका लागि अभिब्यक्ति दिंदा आफैं चिप्लिएका छन् ।

उनले २९ बर्षको प्रहरी सेवामा अपराध अनुसन्धानका क्रममा ७ किलो चरेस बोकेर गएको बताएका थिए । उनले ७ किलो चरेस कोबाट कहाँ बरामद गरेका थिए भन्ने खुलाएका छैनन् । ७ किलो चरेस कहाँबाट बरामद गरिएको थियो र खरेलले बोकेर अपराधी पक्राउ गर्न गए ? र, ७ किलो चरेस बोकेर गएर उनले कसलाई पक्राउ गरे त्यो पनि खुलाएका छैनन् ।

७ किलो चरेस त ठूलो परिमाण हो । त्यति ठूलो परिमाणको चरेस बरामद भएको समाचार त राष्ट्रिय चर्चाको बिषय हुन्थ्यो । यी र यस्ता प्रश्नको जवाफ खरेलले दिनुपर्ने सामाजिक सञ्जालहरुमा आवाज उठेका छन् । त्यत्रो चरेस बरामद गरेपछि मान्छेसमेत मुद्दा दायर गरेको विवरण खरेलले दिन सक्छन् ? यो प्रश्न प्रहरीभित्रैबाट उठेको छ ।

गृहमन्त्राललयको छानबिन समितिमाथि प्रश्न उठाउँदै खरेलले भनेका छन्–‘प्रहरी अनुसन्धानको बारेमा अनुभव नै नभएका ब्यक्तिलाई छानबिन समितिमा राखिएकाले पनि गल्ती नै नभएका प्रहरी अधिकृतहरुलाई सुन प्रकरणमा फसाइएको छ ।’

तर हालै मात्र सुन तस्करी र हत्याका नाइके चुँडामणी उप्रेती उर्फ गोरे, डिएसपी केसी र सई सञ्जेलबीचको वार्तालापमा सिधै पैसाको डिल भई गोरेलाई जोगाउने अडियो नै सार्वजनिक भएपछि खरेल र भण्डारीको मुख बन्द भएको छ ।

हत्याका नाइके गोरेलाई जोगाउन खरेल र भण्डारीले राम्रा प्रहरी भनेका डिएसपी केसीले नै प्रतिवेदनमा गोरेलाई प्रतिवादी बनाएका थिएनन् । नेपाल प्रहरीमा छँदा सधैं विवादास्पद अभिव्यक्ति दिएर चर्चा कमाइरहने खरेललाई भने यस पटक भण्डारीले उक्साएर पुनः विवादमा ल्याएको स्रोत बताउँछ ।

गोरेसँग सञ्जेलले २५ लाख रकम लिएको पुष्टि भइसकेको अवस्थामा पनि पूर्व डिआईजी मल्लले सञ्जेललाई राम्रा प्रहरी अधिकारी भनेका थिए । मिटरब्याज र अपहरणका नाइके विरेन्द्रलाल श्रेष्ठसँग जग्गा र लेनदेनको कारोबार गर्ने मल्ल पनि विवादास्पद पूर्व डिआईजी हुन् ।

यस अघि पूर्व एआईजी विज्ञानराज शर्माले पनि लोहनीको पक्षमा अभिव्यक्ति दिएका थिए । तर, उनका भाई दया शर्मा सुन तस्करीमा संलग्न रहेको कुरा बाहिर आएपछि शर्माको पनि मुख बन्द भएको खबर यूनाइटेड पोष्ट साप्ताहिकमा छ।





Comments

comments

Leave a Reply

23501