ठूला माछा हात पर्नै लागे: गृहमन्त्री

काठमाडौँ, २४ जेठ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका मुख्य नाइके पक्राउनजिक रहेको दाबी गर्दै तस्करलाई सहगोग गर्ने पनि निगरानीमा रहेको बताएका छन्।

३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणसम्बन्धी उच्चस्तरीय छानबिन समितिको काम प्रभावित बनाउने र तस्करलाई जोगाउने प्रयास भइरहेको दाबी गर्दै उनले त्यस्ता समूह र व्यक्ति पनि निगरानीमा रहेको बताएका हुन् ।

‘छानबिन त्रुटिपूर्ण छ भन्ने जस्ता कुरा आएका छन् । गृह मन्त्रालयले जुन कदम उठाएको छ त्यो हचुवाको भरमा होइन, ठोस तथ्य र प्रमाणका आधारमा छानबिन भइरहेको छ।

हामीसँग ठोस प्रमाण छन् । कोही कसैले पनि तस्करलाई सहयोग गर्ने गरी वा छानबिन समितिलाई प्रभाव पार्ने प्रयास गरे निस्तेज पारिनेछ’, गृहमन्त्री थापाले भने ।उनले छानबिन समिति तस्करको जति नजिक पुग्दैछ त्यति नै ठूला माछा छटपटाइरहेका दाबीसमेत गरे। ‘यसलाई छटपटीको रुपमा पनि बुझेका छौं । तथ्यलाई तोडमोड गर्ने भ्रम खडा गर्ने काम भइरहेको छ, अब भुरा माछा र मझौला माछापछि ठूला माछा हात पर्न लागेका छन्’, गृहमन्त्री थापाले भने । नागरिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23506