चीन भ्रमणमा गएका नेपालीको मृत्यु

चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ।

काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरु जेठ १२ गते शनिबार काठमाडौंबाट चीन आएका थिए।

चीनको शाङ्हाई र हपेइ प्रान्तको भ्रमण पूरा गरेर अन्तिममा नेपालीहरुको टोली बेइजिङ भ्रमणमा आएको थियो । बेइजिङ भ्रमणका क्रममा मंगलबार बिहान ९ बजे होटलबाट एउटा छलफलमा जान लाग्दा पराजुलीलाई हृदयघात भएको थियो।

होटलबाट बस चढ्न जान लाग्दा उनी एकाएक ढलेका थिए । चिनियाँ प्रहरीले उनलाई नजिकैको अस्पतालमा लगेको थियो। अस्पतालमा चिकित्सकले बचाउनका लागि आधा घण्टाको प्रयास गरे पनि सफल नभएपछि उनलाई मृत घोषित गरेको टोलीमा सँगै आएका प्रेमचन्द्र राईले जानकारी दिएको खबर कान्तिपुरमा छापिएको छ।





Comments

comments

Leave a Reply

23510