कर्मचारी हुनु त खड्काजी जस्तो !

काठमाडौँ, २५ जेठ । नेपाल आयाल निगमलाई ‘घायल निगम’ बनाउनेहरूको सूची निकै लामो छ। हरेक वर्ष सूची थपिदै जान्छ। सर्वसम्मत् रूपमा त्यस्तो सूचीको अग्रपङ्तीमा पर्ने खड्का थरका निगमका कार्यकारी निर्देशकले बिहीबार राजीनामा ठोकेछन्। कार्य अवधि सकिनुभन्दा ६ महिना अघि नै।

काम गर्ने वातावरण नभएपछि राजीनामा ठोक्या रे खड्काले। इन्धन भण्डारणका लागि मुलुकका विभिन्न भेगमा जग्गा खरिद गर्दा जस्तो सहज र सरल वातावरण थियो त्यस्तो भएन रे। निगमका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार र अनियमितताको आरोप लागेका खड्का काम गर्न चाहन्थे तर अघिल्लो सरकार भिलेन बन्यो। वर्तमान सरकार पनि खै के, खै के…।

अघिल्लो सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरे पनि सर्वोच्चको आदेशपछि जागिर सुचारु भएको थियो। तर विचरा⁄ उनलाई काम गर्ने वातावरण नै बनेन, एक दिन होइन, दुई दिन होइन, महिनौसम्म आपूर्ति मन्त्रालयमा खुम्च्याइयो। क्षमता र विज्ञता एकातिर, जिम्मेवारी अर्कैतिर भएपछि काम गर्ने वातावरण कसरी बन्छ ?

कुरो ठीक हो खड्काजीको। नयाँ सरकार गठन भएपछि खड्काजीले वातावरण बनाउन खुवै प्रयत्न पनि गर्या हुन् तर के गर्नु, चन्द्रमा दाहिने नभएपछि…। कर्मचारी हुनु खड्काजी जस्तो। नेपाल समाचारपत्रमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23524