जब स्कुल ड्रेसमै सार्वजनिक कार्यक्रममा पुगिन् करिश्मा…

काठमाडौं, २६ जेठ । अभिनेत्री करिश्मा मानन्धर यतिबेला काठमाडौंको मैतिदेवीस्थित एउटा निजी स्कुलमा कक्षा १० मा पढ्दै छिन् । उनी पछिल्लो समय स्कुल ड्रेसमै सार्वजनिक समारोहमा उपस्थित हुन थालेकी छन्।

यसै क्रममा चलचित्र विकास बोर्डले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘महिला सशक्तीकरणका लागि सूचनाको हक’सम्बन्धी गोष्ठीमा उनी स्कुलको ड्रेसमै सहभागी भइन् । आफू पढेको स्कुलको ड्रेस सेतो धर्के सर्ट र गाढा खैरो रङका पाइन्टमा उनी कार्यक्रममा सहभागी भइन् । उनी त्यहाँ सम्मान थाप्न पुगेकी थिइन्।

नेपाली चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय योगदान पुर्याएको भन्दै कार्यक्रममा उनलाई चलचित्र विकास बोर्डका तर्फबाट सम्मान गरियो । उनीसहित अन्य चार अभिनेत्रीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । बाँकी अभिनेत्री सारी, चोलो जस्ता औपचारिक परिहनमा थिए । करिश्मा स्कुलको ड्रेसमा थिइन्।

स्कुलको ड्रेसमा आएपछि केही फोटो पत्रकारले करिश्माको फोटो खिच्न अनुरोध गरे । करिश्माले भनिन्,‘म स्कुलको युनिफर्ममा छु । यो युनिफर्ममा फोटो चै नखिचौं होला।’

करिश्माले यस्तो अनुरोध गरेपछि पत्रकारले उनको एकल फोटो खिचेनन् । तर, आफूलाई सम्मान गर्दा पत्रकारले फोटो खिचेपछि करिश्माले रोक्न सकिनन् । स्कुलबाट आफ्नै गाढीमा सोझै कार्यक्रममा आएकी करिश्माले हतारमा कपडा फेर्न नभ्याएको बताइन्।

प्रदेश ३ की प्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले करिश्माको अध्ययनको प्रशंसा गर्दा यी अभिनेत्री कार्यक्रममा दंग परेकी थिइन् । राजधानी दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23528