मेलम्चीको विवाद मिलाउन छलफल सुरु

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेपछि शुक्रबारबाट उक्त विषयमा छलफल सुरु गरिएको छ।

ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) ले भूकम्प, नाकाबन्दीलगायत विविध कारणले काम गर्न नपाएको भन्दै क्षतिपूर्ति दाबी गरेको समाचार आजको नागरिकमा छ।

ठेकेदारको दाबीअनुसार क्षतिपूर्ति भुक्तानी गर्ने कि नगर्ने भनेर छलफल सुरु गरिएको आयोजनाले जनायो।

आयोजक र ठेकेदारबीच विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिएबी) मार्फत छलफल प्रक्रिया सुरु भएको छ।





Comments

comments

Leave a Reply

23531