साहित्यकार गोविन्द गिरी प्रेरणाको २४औं कृति ” लिभिङ टुगेदर” प्रकाशित हुँदै

एचकेनेपाल डट कम संवाददाता-

काठमाडौं, २७ जेठ। नेपाली साहित्यका विविध विधामा चार दशकदेखि नित्य निरन्तर साहित्य लेखनमा समर्पित साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ कृति कृति “लिभिङ टुगेदर” प्रकाशनको अन्तिम चरणमा पुगेको थाहा भएको छ।

साहित्यकार प्रेरणाको यो कृति उपन्यास हो र यो उनको २४औं कृति हो । उनका सम्पादित र अनुवाद गरी ३२ कृति प्रकाशित छन् । उपन्यासको रुपमा भने यो पाँचौं हो । यसअघि उनका “उत्खनन”, पाखण्ड पर्व”, “अन्तिम खाडल” तथा “मात्र एक रात” प्रकाशित छन्।

विगत १४ वर्षदेखि अमेरिका वस्दै आएका प्रेरणा अमेरिकी नेपाली समाजमा साहित्यकार पत्रकार तथा समाजसेवीका रुपका परिचित छन् । उनको सम्पादनमा डिसी मेट्रो क्षेत्रवाट १० वर्ष ” विश्वपरिक्रमा ” छापा पत्रिका प्रकाशित भएर हाल विश्वपरिक्रमालाई अनलाइनमा लगेका छन्।

उनको अध्यक्षतामा ” अमेरिका नेपाल साहित्य प्रतिष्ठान” अमेरिकामा दर्ता भै साहित्यिक गतिविधि गर्दै आएको साहित्यिक संस्था हो । त्यसै गरी उनको अध्यक्षतामा ” मनासस एभरेष्ट लायन्स क्लव ” पनि कार्यशील छ।

प्रेरणाका अनुसार यो उपन्यास सन् २०१६ मा लेखिएको हो र यसलाई नेपालमा पछिल्लो समयमा राम्रा साहित्यिक कृतिहरु प्ाकाशनमा जुटेको प्रतिष्ठित प्रकाशन ” बी एन पुस्तक संसार” ले प्रकाशन गर्न लागेको हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23555