अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङउन ऐतिहासिक शिखर वार्ताका लागि सिंगापुर पुगेका छन्।

क्यानडामा भएको जी ७ बैठकमा सहभागी भएर अमेरिकी राष्ट्रपति ट्रम्प हवाई सेनाको जहाजबाट सिंगापुर ओर्लेका हुन्।

उत्तर कोरियाली नेता किम सिंगापुर पुगेको केही घण्टापछि ट्रम्प त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिंगापुरका अधिकारीले किम कुन जहाजमा आईरहेका छन् भन्ने यकिन नभएकोले अन्दाज गर्दै बसेको जनाएका थिए।

उत्तर कोरियाली राजधानी प्योङयाङबाट सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज सिंगापुरतर्फ आईतबार ३ वटा हवाईजहाज आएका थिए।

तर उत्तर कोरियाली अधिकारले किम तीमध्ये कुन जहाजमा यात्रा गर्दै छन् भन्नेबारे जानकारी गराएका थिएनन् । कान्तिपुरमा खबर छ।











Comments

comments