बाजेको सेकुवामा सुन तस्करको लगानी!

संगठित सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय विशेष समितिले उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ आउटलेट सिलबन्दी गरेको छ।

समितिका अनुसार बाजेको सेकुवामा चेतन भनिने चेतनाथ भण्डारीको लगानी रहेको र उनी संगठित सुन तस्करी मुद्धाका फरार प्रतिवादी रहेकाले पसल सिल गरिएको खबर कान्तिपुर दैनिकमा छ।

मोरङ जिल्ला अदालतमा चलिरहेको उक्त मुद्धामा पेस गरिएको अनुसन्धान प्रतिवेदनमा भण्डारीको नाम सुन तस्करीका लगानीकर्ता र फरार प्रतिवादीका रुपमा उल्लेख छ।





Comments

comments

Leave a Reply

23598